मंसिर १६ । पछिल्लो समय राप्रपा नेपालबाट राजनीतिमा सक्रिय रहेकी अभिनेत्री रेखा थापाले पार्टीको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने भएकी छन्। राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका नेता राजेन्द्र लिङ्देनको प्यानलबाट उनले महामन्त्रीका लागि आज मनोनयन दर्ता गर्ने भएकी हुन्।
राप्रपाको विधान अनुसार महामन्त्रीका लागि रहेका तीन पदमध्ये एक जना महिला अनिवार्य रहेको छ। उनले महिला कोटामा उम्मेदवारी तयारी गरेकी हुन्। यस अघि लिङदेनको प्यानलबाट धवल शमशेर राणाको उम्मेदवारी तय भइसकेको छ।
थापा हाल राप्रपाको केन्द्रीय सदस्य रहेकी छन्।
Facebook Comments


























