मंसिर १५ । इंग्ल्यान्डका पूर्व मिडफिल्डर रे केनेडीको निधन भएको छ।
पार्किन्सन रोगबाट पीडित केनेडीको ७० वर्षको उमेरमा निधन भएको हो। केनेडीले इंग्ल्यान्डका लागि १७ खेलमा ३ गोल गरेका थिए।
उनले क्लब फुटबलमा लिभरपुल र आर्सनलबाट खेलेका थिए। केनेडीले एनफिल्डमा ३ सय ९३ खेल खेल्दा ७२ गोल गरेका थिए। लिभरपुलका लागि उनले पाँच लिग र तीन युरोपियन उपाधि जितेका थिए। आर्सनलका लागि केनेडीले २ सय १२ खेलमा ७१ गोल गरेका थिए।
Facebook Comments


























