मंसिर १३ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ।
आइतबार राति भएको खेलमा रियलले सेभियालाई २-१ गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा रियलले एक गोलको अग्रता उल्टाएर पुनरागमन जित निकालेको हो।
खेलको १२ औं मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई सुरुआती अग्रता दिलाएका थिए। करिम बेन्जिमाले ३२ औं मिनेटमा गोल गर्दै रियललाई १-१ गोको बराबरीमा फर्काए।
त्यसपछि खेलको ८७ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई २-१ को जित दिलाए। जितसँगै रियलले १४ खेलमा ३३ अंक जोडेको छ। रियल शीर्ष स्थानमा रहेको छ। सेभिया २८ अंक जोडेर चौंथो स्थानमा रहेको छ।
अर्को खेलमा एट्लेटिको मड्रिडले क्याडिजलाई ४-१ गोल अन्तरले हराएको छ। जितसँगै दोस्रो स्थानको एट्लेटिकोले २९ अंक जोडेको छ।
Facebook Comments


























