काठमाडौं, मंसिर १३ । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा सोमबारको पहिलो खेल एनआरटी र बीबीसीबीच हुनेछ।
जहाँ बीबीसी आफ्नो पहिलो खेलमा एपीएफविरुद्ध विजयी रहेको थियो, त्यहीं एनआरटीले भने मछिन्द्रविरुद्धको आफ्नो पहिलो खेल गुमाएको थियो।
तर एनआरटीले बीबीसीको सामना गर्दा उसका लागि पहिलो जित निकाल्ने राम्रो अवसर हुनेछ। पछिल्लो पाँच संस्करणको लिगमा यी दुई टिमबीच तीन खेल भएका छन्। त्यसमध्ये दुईमा एनआरटी विजयी रहेका छ।
एक भने बराबरीमा टुंगेको थियो। एनआरटीले वर्ष ०७६ मा बीबीसीलाई २–० ले हराएको थियो। यस्तै वर्ष ०७५ को खेल भने गोलरहित बराबरीमा टुंगियो। वर्ष ०७० र ०६९ मा यी दुई टिमको भेट भएन्।
वर्ष ०६८ मा भने एनआरटीले १–० को जित निकालेको थियो। यस्तोमा दशरथ रंगशालमा हुने खेलमा एनआरटीसामु यस वर्षको लिगको पहिलो जित निकाल्ने बलियो अवसर हुनेछ।
Facebook Comments


























