मंसिर १२ । साताको पहिलो दिन आइतबार शेयर बजार खुल्नासाथ ओरालो लागेको छ। ११ बजे खुलेको बजार १२ बजेसम्म पुग्दा ४० अंकले घटेको छ। लगभग सबै कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा बजार राताम्मे देखिएको छ।
१२ बजे नेप्से ४ं०.४९ अंकले घटेर २६९१.३९ को बिन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ८.३५ अंकले घटेर ५०७.३० को बिन्दुमा पुगेको छ। कारोबार भएका १३ वटै उपसमूह ओरालो लागेका छन्।
अघिल्लो साता बजार केही सम्हालिएको थियो।
Facebook Comments


























