काठमाडौँ, मंसिर ११ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले मजदुरका समस्या समाधान गर्न कुनै कसुर बाँकी नराख्ने बताएका छन्।
शनिबार काठमाडौं मोर्डन स्कूल अल्मुनाईले गरेको कार्यक्रममा सफाई मजदुरहरुलाई ट्रयाक वितरण गर्दै मन्त्री श्रेष्ठले मजदुरका समस्या समाधन गर्न आफ्नो मन्त्रालय तयार रहेको बताएका हुन्।
उनी आफू सामान्य किसानको छोरो भए पनि जनताले मन्त्रालयमा पठाएको बताउदै का मगर्ने मान्छेलाई जनताले साथ दिने बताए। मन्त्री श्रेष्ठले आफू केही परिवर्तन गर्न मन्त्री बनेको उल्लेख गर्दै परिवर्तनका केही संकेत देखापरिसकेको बताए।
कार्यक्रममा सरसफाई मजदुरहरुलाई २१ वटा संघसंस्थाले ट्रयाक सुट वितरण गरिएको थियो।
Facebook Comments


























