मंसिर ११ । सहिद स्मारक लिग ए डिभिजन ०७८ को शनिबारको पहिलो खेलमा च्यासल र एपीएफ भिड्दै छन्। दुवैले आफ्नो पहिलो खेल गुमाएका थिए र समान शून्य अंकमा छन्।
यी दुई टिमबीच अहिलेसम्म लिगमा दुई खेल भएकोमा दुवै बराबरीमा रहेको छ। च्यासले वर्ष ०७५ को लिगबाट माथिल्लो डिभिजनमा डेब्यु गरेको थियो र त्यस क्रममा एपीएफसँग पहिलो भेट भएको थियो।
त्यो १–१ को बराबरीमा टुंगेको थियो । वर्ष ०७५ मा भएको खेल पनि गोलरहित बराबरीमा टुंगेको थियो। दुवै टिमले लिगको पहिलो चरण गुमाएका थिए।
एपीएफलाई रेलिगेशनमा जान सक्ने टोली मानिएको थियो। पहिलो खेलको नतिजाले सोही सम्भावनालाई अझ बलियो बनाएको छ। च्यासलले यस सिजन राम्रै मेहनत गर्यो, टिम बनाउन। तर नतिजा सुखद रहेन।
ललितपुरको अर्को क्लब थ्री स्टारविरुद्ध खेल गुमाएको च्यासललाई अघि बढ्न शनिबारको खेल महत्वपुर्ण छ।
Facebook Comments


























