मंसिर ९ । च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड अन्तरिम १६ मा प्रवेश गरेको छ।
गएराती सम्पन्न समुह डी अन्तर्गतको खेलमा मोल्डोभानको क्लब शेरिफलाई ३-० गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिड अन्तिम १६ मा पुगेको हो। रियल म्याड्रिडको जितमा डेभिड अल्बा, टोनी क्रुज र करिम बेन्जमाले एक एक गोल गरेका थिए।
यो जितपछि रियल म्याड्रिडको समुह डी मा ५ खेलमा १२ अंक भएको छ। त्यस्तै शेरिफको भने ५ खेलमा ६ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ।
त्यस्तै गएराती नै सम्पन्न यसै समुहको अर्को खेलमा इन्टर मिलानले शख्तर डोनेटस्कलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ। इन्टर मिलानको ५ खेलमा १० अंक छ र समुहमा दोस्रो स्थानमा रहेको छ।
त्यस्तै शख्तरको भने ५ खेलमा केवल एक अंक रहेको छ।
Facebook Comments


























