मंसिर ८ । नेपाली लेगस्पिनर सन्दीप लामिछाने बुधबार अष्ट्रेलिया प्रस्थान गरेका छन्।
डिसेम्बर ५ तारिखबाट सुरु हुने विग ब्यास लिग क्रिकेटमा सहभागी हुन लामिछाने अष्ट्रेलिया प्रस्थान गरेका हुन्। विग ब्यासमा लामिछानेले होवार्ट हुरिकन्सकातर्फबाट खेल्नेछन्।
होवार्टले आफ्नो पहिलो खेल सिड्नी सिक्सर्सविरुद्ध डिसेम्बर ८ तारिखमा खेल्नेछ। लिग जनवरी २८ तारिखसम्म चल्नेछ। लामिछानेले दुई सिजन मेलवर्न स्टार्सबाट विविएल खेलेपछि पछिल्लो सिजनामा होवार्टमा आवद्ध भएका थिए। होवार्टले लामिछानेलाई यस सिजनका लागि पुनः सम्झौता नविकरण गरेको थियो। लामिछाने हाल टी–ट्वान्टीको बलिङतर्फको वरियतामा ८८ औ स्थानमा रहेका छन्।
२१ वर्षीय लामिछानेले नेपालका लागि १६ एक दिवसियमा ४१ विकेट हात पारेका छन्। उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालका लागि २६ खेल खेल्दा ४७ विकेट हात पारेका छन्।


























