मंसिर ७ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक गरेको छ।
फिफाले सोमबार ‘द बेस्ट फिफा’ अवार्डको मनोनयन सार्वजनिक गरेको हो। फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ साविक विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ खेलाडी परेका छन्।
मनोनयनमा लेवान्डोस्कीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, करिम बेन्जिमा, केभिन डे ब्रुएन, अर्लिङ हालाण्ड, जोर्गिन्हो, एन्गालो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहमद सलाह परेका छन्।
फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ। फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ।
Facebook Comments


























