मंसिर ६ । देशभर २ सय ५८ जना संक्रमणमुक्त भएकाछन्। हालसम्म ८ लाख ६१७ जना संक्रमणमुक्त भइसकेका छन्।
यस्तै, ३८५ जना कोभिड(१९ का संक्रमित थपिएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२ हजार ६९७ जनाको कोभिड परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट ३६७ र एन्टीजेन्ट विधिबाट १८ जनामा कोभिड पुष्टि भएको छ।
त्यसैगरी ४ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ५ सय जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। देशभर सक्रिय संक्रमित ७ हजार २ सय ६९ जना छन्।
आईसीयूमा २३० र भेन्टीलेटरमा ५५ जना उपचाररत छन्। होम आईसोलेशनमा ६ हजार ८ सय २७ , संस्थागत आईसोलेशनमा ४ सय ४२ र क्वारेन्टाइनमा ९८ जना छन्।
Facebook Comments


























