दाङ, मंसिर ५ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन्। उनीहरुको अवस्था मध्यम रहेको छ।
आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाचिएर दुर्घटनामा परेको हो। घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ। घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ। बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। रासस
Facebook Comments


























