मंसिर १ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि १३ राष्ट्रको टुंगो लागेको छ।
विश्वकप छनोटबाट आयोजक कतारसहित १३ राष्ट्रले विश्वकपमा स्थान पक्का गरेको हो। कतार विश्वकपमा अब १९ राष्ट्र छनोट हुन बाँकी रहेको छ। हालसम्म छनोट हुने राष्ट्रमा कतार, फ्रान्स, जर्मनी, डेनमार्क, ब्राजिल, बेल्जियम क्रोएसिया र स्पेन रहेका छन्।
यस्तै सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, नेदरल्यान्ड्स र अर्जेन्टिना समेत छनोट भईसकेको छ।
Facebook Comments


























