मंसिर १ । सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ५०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको थियो।
तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको महसंघले जनाएको छ। चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार २८० रुपैयाँ कायम भएको छ।
Facebook Comments


























