दाङ, कार्तिक २२ । दाङमा फेरी सवारी साधन दुर्घटना भएको छ। सल्यानबाट दाङतर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना भएको छ। कालीमाटीबाट दाङतर्फ आउँदै गरेको जीप बर्बइ गाउँपालिका–३ ठाडो खोलामा बिहान साढे ९ बजेतिर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीको अनुसार दुर्घटनामा परी ११ जना घाइते भएका छन्। दुर्घटनामा परी जीपका धनी देवबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको हो। उपचारको लागि घाइतेहरुलाई तुलसीपुर पठाएको प्रहरीले जनाएको छ।
Facebook Comments


























