कार्तिक १९ । साफ यु–१९ महिला फुटबल च्याम्पियनसीप बंगलादेशमा डिसेम्बर ११ देखि २२ तारिखसम्म हुने भएको छ।
प्रतियोगितामा केवल पाँच टिमले सहभागिता जनाउनेछन्। आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा भाग लिनेछन्।
सबै खेल विर शेरेस्थ शहिद सिपाही मोसतफा कमाल स्टेडियम ढाकामा हुनेछ। तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध ११ तारिखमा खेल्नेछ।
नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ तारिखमा खेल्नेछ। राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताको चौथो खेल नेपालले भारतविरुद्ध डिसेम्बर १९ मा खेल्ने तालिका रहेको छ। राउन्ड रोविन खेलपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। फाइनल डिसेम्बर २२ मा हुनेछ।
Facebook Comments


























