काठमाडौं, कार्तिक १८ । विवेकशील साझा पार्टीले नयाँ विधान र केन्द्रीय समिति सदस्य १२४ सदस्सीय हुने विषय निर्वाचन आयोगमा अद्यावधिक गरेको छ।
पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिएअनुसार कात्तिक ११ मा बसेको केन्द्रीय समिति बैठकले पारित गरेका विषयलाई आयोगमा अद्यावधिक गरिएका छन्।
पार्टी अध्यक्ष रवीन्द्र मिश्रको नेतृत्वमा बसेको बैठकले नयाँ विधान र केन्द्रीय सदस्य संख्या १२४ बनाउने निर्णय गरेको थियो। सोही विषय आयोगले अद्यावधिक गरेको हो।
विवेकशील र साझा पार्टी एकीकरण हुँदा १३० सदस्यीय केन्द्रीय कमिटी बनाउने उल्लेख थियो। नयाँ विधान र केन्द्रीय समिति सदस्यबारे आयोगलाई पत्राचार गरेर जानकारी गराइएको र बुधबार आयोगले अद्यावधिक गरेको हो।
Facebook Comments


























