कार्तिक १८ । करिम बेन्जिमा चम्किएको खेलमा रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ।
बुधबार राति रियल मड्रिडले युक्रेनको शख्तर डोनेस्कलाई २–१ गोल अन्तरले हराएको हो। रियल मड्रिडको जितमा बेन्जिमाले दुवै गोल गरे। शख्तरका डोस सान्तोस पेड्रोले एक गोल गरे।
खेलमा अग्रता रियलले १४ औं मिनेटमा बेन्जिमाको गोलबाट लिएको थियो। पेड्रोले ३९ औं मिनेटमा पाहुना टोलीका लागि बराबरी गोल फर्काए। बेन्जिमाले पुन भिनिसियस जुनियरको पासमा ६१ औं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई जित दिलाए।
सोही समूहको अर्को खेलमा सिरि ए क्लब इन्टर मिलानले माल्डोभनको शेरिफ तिरस्पोललाई ३–१ ले हरायो। इन्टरको जितमा ब्रोजोविक, स्क्रिनिअर र सान्चेजले गोल गरे। घरेलु टोली माल्डोभनका ट्राओरेसले एक गोल फर्काए।
समूह डीमा शीर्ष स्थानको रियल मड्रिडले ४ खेलबाट ९ अंक जोडेको छ। दोस्रो स्थानको इन्टरले ७, शेरिफ तिरस्पोलले ६ र चौथो स्थानको शख्तर डोनेस्कले १ अंक जोड्यो। एजेन्सी


























