कार्तिक १८ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























