चितवन, कार्तिक १५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४९० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९७ दशमलब ४ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ४६८ जनाको पीसीआर परीक्षणमा ४४१ र ४ हजार १९६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























