काठमाडौं, कार्तिक १५ । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन्।
सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो। अहिले उनको होस खुलेको पार्टीका नेता ईश्वर तिमल्सिनाले जानकारी दिएका छन्। उनका अनुसार गजुरेल आफ्नै घरमा बेहोस भएर लडेपछि अस्पताल ल्याइएको र अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।
Facebook Comments


























