कार्तिक १५ । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले जित निकालेको छ।
आइतबार राति भएको खेलमा वेस्ट ह्यामले १० खेलाडीमा सिमित एस्टन भिल्लालाई ४-१ गोल अन्तरले हराएको हो। खेलको सातौं मिनेटमा बेन जोनसनले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए।
३४ औं मिनेटमा ओली वाट्कीन्सले गोल गर्दै एस्टनलाई १-१ गोलको बराबरीमा ल्याए। ३८ औं मिनेटमा डिक्लन राइसले गोल गर्दै वेस्ट ह्यामलाई २-१ को अग्रता दिलाए।
खेलको ५० औं मिनेटमा कोन्साले रातो कार्ड पाएपछि एस्टन १० खेलाडीमा समेटियो। खेलको ८० औं मिनेटमा पाब्लो फोर्नल्सले गोल गर्दै वेस्ट ह्यामको अग्रता ३-१ को बनाए।
त्यसपछि खेलको ८४ औं मिनेटमा जारोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई ४-१ को जित दिलाए। जितसँगै वेस्ट ह्याम लिगको चौंथो स्थानमा उक्लिएको छ।
वेस्ट ह्यामले १० खेलमा २० अंक जोडेको छ। एस्टन १० अंक जोडेर १५ औं स्थानमा रहेको छ।


























