कार्तिक १५ । इरान एएफसी यू-२३ एसियन कप फुटबलका लागि छनोट भएको छ।
आइतबार घरेलु टोली ताजिकिस्तानलाई ३-२ गोल अन्तरले पराजित गर्दै इरान यू-२३ एसियन कपमा छनोट भएको हो। ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा इरानलाई जित दिलाउन कप्तान यासिन सलमानीले ह्याट्रिक पूरा गरे।
ताजिकिस्तानका जेइरोभ इस्लोम र एह्सोनी पान्सनबेले एक एक गोल फर्काए। जितसँगै समूह ‘बी’ को इरानले ३ खेलमा ९ अंक जोड्यो।
इरान समूह विजेता बन्दै एसियन कपमा छनोट भएको हो। यस समूहमा रहेको नेपाल भने जित विहीन बन्दै बाहिरिएको छ। उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।
Facebook Comments


























