कार्तिक ११ । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र श्रीलंका भिड्दै छन्।
राति पौने ८ बजे सुरु हुने खेलमा दुबै टिम दोस्रो जितको खोजीमा हुने छन्। पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रीकालाई ५ विकेटले हराएको थियो। अष्ट्रेलिया त्यस जितलाई निरन्तरता दिन चाहन्छ।
श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले नै हराएको थियो। श्रीलंका पनि आफ्नो जितलाई निरन्तरता दिने योजनामा हुनेछ। सुपर १२ को समूह १ को अष्ट्रेलिया २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। श्रीलंका २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
अष्ट्रेलिया र श्रीलंकाबीचको हेड टु हेडमा अष्ट्रेलिया बलियो देखिएको छ। पछिल्लो पाँच भेटमा अष्ट्रेलियाले ४ खेल जितेको छ। श्रीलंकाले मात्र एक खेलमा अष्ट्रेलियालाई हराउन सकेको छ।
Facebook Comments


























