काठमाडौं, कार्तिक ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले लक्ष्य अनुसार नै सवै नेपालीलाई कोरोना विरुद्धको खोप लगाइने बताएका छन्।
बिहीबार मन्त्रालयमा सञ्चारकर्मीको छलफलका क्रममा मन्त्री खतिवडाले नेपालमा कोरोनाबिरुद्धको खोप अभाव नभएको भन्दै लक्ष्य अनुसार नै सवै नेपालीलाई कोरोना बिरुद्धको खोप लगाइने बताए।
मन्त्री खतिवडाले हाल ३० लाख खोप मौज्दात रहेको दुई करोड खोप आउने प्रक्रियामा रहेको जानकारी दिए। १२ देखि १८ वर्षका बालबालिकालाई लगाउन १ करोड डोज खोप पनि छिट्टै आउने उनले बताए।
मन्त्री खतिवडाले औषधिमा मूल्यबृद्धि हुन नदिन आफुले निरन्तर सरोकारवाला निकायसँग छलफल गरिरहेको भन्दै आफुखुसी मूल्यबृद्धि गरे कारवाही गर्ने चेतावनी दिए। मन्त्री खतिवडाले आफ्नो कार्यकालमा अनियमितता भएको सुन्न नपर्ने अठोट गरेको जानकारी दिए। रासस
Facebook Comments


























