कार्तिक ११ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने भएको छ।
काँग्रेस निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएका वडा अधिवेशन कात्तिक २७ देखि शुरु गरेर मंसिर २७ देखि केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो।
समितिले कात्तिक २७ गते वडामा, मंसिर ३ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा, मंसिर ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते प्रदेशमा अधिवेशन गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।
मंगलबारको पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन समितलाई मंसिरभित्र सकिनेगरी महाधिवेशनको कार्यतालिका बनाउन निर्देशन दिएका थिए।
यसअघि कांग्रेसको १४औँ महाधिवेशन मंसिर ९ देखि १२ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो।
Facebook Comments


























