कार्तिक १० । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज बुधबार दुई खेलहरु हुँदैछन्।
विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा इंग्ल्यान्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। आबुधाबीमा हुने इंग्ल्यान्ड र बंगलादेशबीचको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ।
समूह १ मा रहेको इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ। पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो। इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ। बंगलादेश भने पहिलो जित निकाल्न चाहन्छ। पहिलो खेलमा बंगलादेशलाई श्रीलंकाले ५ विकेटले हराएको थियो।
यस्तै दोस्रो खेलमा नामिबिया र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। आबुधाबीमा हुने दुई टोलीबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ। स्कटल्याण्ड आज पहिलो जितमा खोजीमा हुनेछ। नामिबिया सुपर १२ मा सुखद सुरुआत गर्न चाहन्छ।
Facebook Comments


























