कार्तिक ६ । इंग्ल्यान्ड र भारतबीचको स्थगित भएको पाँचौं टेस्ट आगामी वर्ष हुने भएको छ।
इंग्ल्यान्ड र भारतबीच स्थगित पाँचौं टेस्ट आगामी वर्षको जुलाई १ देखि ५ सम्म हुने भएको हो। गत सेप्टेम्बरमा खेलाडीलाई कोरोना संक्रमण भएपछि पाँचौं तथा अन्तिम टेस्ट स्थगित भएको थियो। इंग्ल्यान्ड भ्रमणमा रहेको भारतले यस टेस्टमा २-१ को अग्रता बनाएको छ।
यस्तै भारत र इंग्ल्यान्डबीच जुलाईमा तीन खेलको टी-ट्वान्टी र एकदिवसीय सिरिज समेत हुनेछ। जुलाई ७ मा टी-ट्वान्टी सिरिज सुरु हुनेछ। एकदिवसीय १२ जुलाईमा सुरु हुनेछ।
Facebook Comments


























