कार्तिक ५ । नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ।
आज छापावाल सुन बिहीबारको मूल्य अनुसार नै प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलाको १० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























