हेटौँडा, कार्तिक ४ । बागमती प्रदेशसभाको बैठक अपराह्न ३ वजे बस्नेभएको छ। प्रदेशसभा सचिवालयका अनुसार आजको बैठक विशेष कारण जनाउँदै सारिएको सचिवालयले जनाएको छ। नेकपा (एमाले) ले पार्टीको स्थानीय अधिवेशन भएको कारण प्रदेशसभा बैठक यही कात्तिक ११ गतेसम्मको लागि सारिदिन लिखित प्रस्ताव गरेको जनाइएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने बैठकको कार्यसूची छ।
सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
Facebook Comments


























