हुम्ला, कार्तिक ४ । हुम्लाको नाम्खा गाउँपलिका–६ लिमीको तुम्लिङमा फसेका १२ जनाकै उद्धार गरिएको छ। हेलिकप्टरमार्फत १२ जनालाई नै तुम्लिङबाट सिमकोट ल्याइएको हो।
ट्रेकिङ एजेन्सीको सहयोगमा १२ जनाकै हेलिकोप्टरबाट उद्दार गरिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए। असोज २२ गते ट्रेकिङका स्लोभेनियाका चार विदेशी पर्यटक, तीन टुरिस्ट गाइड र पाँच स्थानीय हिल्साहुँदै लिमी उपत्यका गएका थिए।
ट्रेकिङ सकेर सिमकोट फर्कदै गर्दा बाक्लो हिमपातका कारण तुम्लिङमा फसेका थिए। तुम्लिङबाट सिमकोट आउने मुख्य बाटो न्यालु लेकमा बाक्लो हिमपातले चार दिनदेखि अवरुद्ध छ।
Facebook Comments


























