कार्तिक ३ । निर्देशक ऋषिराज आचार्यको नयाँ फिल्म ‘चुरीफुरी’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। निर्देशक आचार्यले फेसबुकमा फिल्मको एउटा पोस्टरसहित पुस ९ गतेदेखि यो फिल्म प्रदर्शन हुने घोषणा गरेका हुन्।
यो फिल्ममा अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुवोध गौतम, पवन खतिवडा, सुरविर पण्डित आदिले अभिनय गरेका छन्।
रिना ढकाल र निर्देशक आचार्यको लगानी रहेको उक्त फिल्मलाई राहुल राइले छायांकन गरेका हुन्। भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको यो फिल्ममा बिजय आचार्यको कला निर्देशन तथा नवीन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ।
राजेन्द्र खाती, बिमला भुसाल र शिब थापा सह–निर्माता रहेको यो फिल्मा दीपक शर्माको संगीत, समीर आचार्य, पजश्ज नेपाली र बेनीशा पौडेलको स्वर रहेको छ।
Facebook Comments


























