काठमाडौं, कार्तिक १ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाडामा बसिरहेको छ। पार्टीको राष्ट्रिय सम्मेलनअघि गर्नुपर्ने तल्ला तहका सम्मेलनहरुको कार्यतालिका तय गर्न बैठक बोलाइएको हो।
सरकारको समिक्षा गर्ने र अहिलेको सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्मै लैजानुपर्ने पक्षमा अध्यक्ष प्रचण्डले प्रस्ताव राखेका छन्। माओवादी केन्द्र अर्ली इलेक्सनको विपक्षमा छ। सत्ता गठबन्धनको केन्द्रको संयन्त्रलाई वडा तहसम्म लैजानेबारेमा समेत छलफल भइरहेको बेला माओवादी बैठकमा यी विषय समेत एजेण्डा छन्।
माओवादीले अन्य वामपन्थी पार्टीहरुसँग पनि एकताको पहल गरिरहेको छ।
Facebook Comments


























