कार्तिक १ । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज सोमबार नेपाल आईपुग्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपविजेता नेपाली टिम सोमबार बिहान नेपाल आईपुग्ने जनाएको छ। नेपाली टिम बिहान ९ बजेर १० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने छन्।
मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो।
फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो। तर, नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो।
पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो। भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो।
लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो। यस्तै भारतसँग पराजित भएको नेपालले बंगलादेशसँग बराबरी खेलेको थियो।


























