इनरुवा, असोज ३१ । दुर्घटनामा परी सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी २० वर्षीय मनिष रौनियार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१च ९५६४ नं को स्कारपियोले गएराति ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री रौनियारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटना बारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
Facebook Comments


























