असोज ३१ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साँघुरो जित निकालेको छ।
शनिबार राति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो। चेल्सीको जितमा बेन चिलवेलले निर्णायक गोल गरे। उनले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरे। यस जितसँगै चेल्सी लिगको शीर्ष स्थानमा उक्लिएको छ।
चेल्सीले ८ खेलमा १९ अंक जोडेको छ। ब्रेन्टफोर्ड १२ अंक जोडेर सातौं स्थानमा रहेको छ।
Facebook Comments


























