असोज ३० । साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल र भारतबीच खेल भइरहेको छ। माल्दिभ्सको राजधानी मालेमा खेल केही समय पहिला सुरु भएको छ। साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो।
माल्दिभ्समा जारी प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंका सहभागी थिए। लिग चरणमा नेपालले दुई जित, एक बराबरी र एक हार बेहोरेको थियो। नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको यिथो भने भारतसँग पराजित भएको थियो।
बंगलादेशसँगको खेल १–१ गोलको बराबरी खेलेपछि नेपाल फाइनलमा पुगेको हो। १९९३ मा पाकिस्तानमा भएको च्याम्पियनसिपमा नेपाल पहिलो पटक सहभागी भएको थियो। २८ वर्षपछि नेपाल फाइनलमा पुग्न सफल भएको हो।
नेपालले आज भारतलाई पराजित गरेमा यो नेपाली फुटबलको सबैभन्दा ठूलो उपलब्धि हुनेछ।
Facebook Comments


























