चितवन, असोज २५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९६ दशमलब ८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २३३ जनाको पीसीआर परीक्षणमा ६६३ र ४ हजार ९६२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२२ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























