सुनसरी, असोज २५ । सुनसरीमा ३ किलो यार्सागुम्बा सहित २ जना पक्राउ परेका छन्। ईटहरी उपमहानगरपालिका-६ स्थित जय नेपाल होटलबाट ३ किलो यार्सागुम्बासहित खोटाङ रावाबेशी गाउँपालिका-४ बस्ने २७ वर्षीय समिर गुरुङ लगायत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
उक्त होटलमा यार्सागुम्बाको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त यार्सागुम्बा सहित फेला पारी पक्राउ गरेको हो।
उनीहरुलाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय तरहरामा बुझाइएको छ।
Facebook Comments


























