असोज २५ । चेन्नई सुपर किंग्स इण्डियन्स प्रिमियर लिगको फाइनलमा पुगेको छ। गएराती सम्पन्न पहिलो क्वालिफायरमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै जारी आइपिएलको फाइनलमा पुगेको हो।
दिल्लीले दिएको १७३ रनको लक्ष्य पछाएको चेन्नईले १९.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।
चेन्नईका लागि रोबिन उथप्पाले सर्बाधिक ६३ रन बनाएका थिए भने रुतुराज गायकवाडले ७० रन बनाएका थिए। त्यस्तै मोइन अलीले १६ र कप्तान महेन्द्रसिंह धोनीले ६ बलमा अविजित १८ रन बनाएका थिए। दिल्लीका बलर टम कुरानले ३ विकेट लिए भने एनरीच नोर्त्जे र आभेश खानले एक एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउदै १७२ रन बनाएको थियो। दिल्लीका लागि पृथ्वी शाले ६० रन बनाए भने कप्तान ऋषव पन्तले अविजित ५१ रन बनाएका थिए। त्यस्तै शिमरोन हेटमायरले ३७ रन बनाए भने अक्सर पटेलले १० रन बनाए।
त्यस्तै चेन्नईका बलर जोस हजेलवूडले २ विकेट लिए भने रविन्द्र जडेजा, मोईन अल्ली र डवाने ब्राभोले एक एक विकेट लिए।
दिल्ली यस खेलमा पराजित भएपनि दोस्रो क्वालिफायरमा खेल्न पाउने छ। दिल्लीले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकोता नाइट राइडर्सबीचको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्ने छ।


























