असोज २४ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले शानदार जित निकालेको छ। शनिबार राति भएको मैत्रीपूर्णमा पोर्चुगलले कतारलाई ३-० ले हराएको हो।
पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो, जोसे फोन्टे र आन्द्रे सिल्भाले एक एक गोल गरे।
रोनाल्डोको यो पोर्चुगलका लागि १ सय १२औँ गोल पूरा गरेका छन्। सर्वाधिक गोलको कीर्तिमान बनाएका उनले केही समय पहिले १०९ गोल गरी इरानका अली दाईले बनाएको कीर्तिमान भंग गरेका थिए।
Facebook Comments


























