असोज २४ । फिफा विश्वकपको युरोपियन क्षेत्रको छनोटमा पोल्याण्डले शानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा पोल्याण्डले सान मारिनोलाई ५-० को फराकिलो अन्तरले हराएको हो।
पोल्याण्डको जितमा कारोल स्विडेर्स्की, टोमस्ज केडजिरो, एडम बुक्सा र क्रेजिस्टोफ पियाटेकले एक एक गोल गरे। मारिनोका क्रिस्टियन ब्रोल्लीले एक आत्मघाती गोल गरे।
जितसँगै पोल्याण्डले गोलकिपर लुकास फाबियान्स्कीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। ३७ वर्षीय गोलकिपर फाबियान्स्कीले पोल्याण्डका लागि ५७ खेल खेल्दै सन्यास लिएका हुन्।
Facebook Comments


























