चितवन, असोज २३ । बिजया दशमीको उपलक्ष्यमा राईनो क्लब नारायणगढद्वारा आयोजित पाँच किलो मिटर दौड प्रतियोगितामा नेपाल प्रहरीका सन्तोषनाथ योगी प्रथम भएका छन्।
उनले १५ मिनेट २४ सेकेण्डमा पाच किलो मिटरको दुर पार गरी प्रथम भएका हुन्। प्रतियोगितामा दोश्रो नेपाल आर्मी कालि बहादुर गण भरतपुरका अमृत गुरुङ तेस्रो कालिका नगर पालिका पदमपुरका अमृत बोट चौथो भरतपुरमहागर पालिका १ रामनगरका सुबिर थापा र पाचौ भरतपुर महानगर पालिका बसेनीका कुशल गुरुङ भएका छन्।
उनीहरुले क्रमश १६ मिनेट १०, १६ मिनेट १३, १६ मिनेट २६ र १६ मिनेट ३८ मा पार गरेका थिए। बिजयी खेलाडीहरुले १० हजार ७ हजार ४ हजार २ हजार र १ हजार पुरस्कार प्राप्त गरेका छन्।
स्वास्थ्यको लागि खेलकुद भन्ने उद्देश्यले आयोजना गरीएको प्रतियोगितामा नेपाल पुलिस नेपाल आर्मी लगाएतका ३५ जना खेलाडिहरुको सहभागिता रहेको थियो।
देबघाट तर्फको जलमापन केन्द बाट शुरु भएको दौड नारायणगढको दियालो रोडको गेटमा सम्म भएको थियो।
बिजयी खेलाडीहरु लाई भरतपुर महानगर पालिका वडा नम्बर १ का वडा अध्यक्ष जयराम श्रेष्ठले पुरस्कार र प्रमाण पत्र बितरण गरेका थिए। उक्त अबसरमा श्रेष्ठले कोभिड पछी शुन्य रहेको खुल क्षेत्रमा प्रतियोगिताले केही भए पनि खेल गति बिधिमा टेवा पुगेको बताए। राईनो क्लब नारायणगढका अध्यक्ष भरतकुमार श्रेष्ठको सभापतित्वामा भएको थियो भने प्रतियोगिताको सयोजक महेन्द्र वाग्ले रहेका थिए।


























