असोज २३ । फिफा विश्वकप छनोटमा नेदरल्यान्ड्स विजयी भएको छ। शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सले लाटभियालाई १-० गोलले हराएको हो।
नेदरल्यान्ड्सको जितमा डाभी क्लासेनले १९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। जितसँगै नेदरल्यान्ड्स समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ। नेदरल्यान्ड्सको ७ खेलमा १४ अंक छ। लाटभिया ५ अंकसहित पाँचौं स्थानमा छ।
Facebook Comments


























