काठमाडौं, असोज २२ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट सहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्रीले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीपदको शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठकमा सहभागी भइ उनले सहरी विकास मन्त्रालयको पदभार ग्रहण गरेकी हुन्। मन्त्रालयका कर्मचारी तथा सचिवले झाँक्रीलाई स्वागत तथा बधाई दिएका छन्।
Facebook Comments


























