काठमाडौं, असोज २१ । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने भएको छ। कोरोनाको महामारीको कारणले यसवर्ष कांग्रेसले चियापान कार्यक्रम नगर्ने भएको हो।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने निश्चित गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले खोपको व्यापक प्रबन्ध गरेपश्चात महामारीको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन।’
खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित हुने सबैको कर्तव्य भएको बताएको छ। ‘महामारीमाथि विजय हासिल गर्न हामी चाँडै नै सफल हुनेछौं भन्ने विश्वासका साथ नेपाली कांग्रेस बडा दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ’ विज्ञप्तिमा उल्लेख छ।
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









