चितवन, असोज २१ । नेपाल रग्बी संघ चितवन शाखाको कार्यसमिती गठन गरिएको छ। हिजो (बुधवार) संघको पहिलो बैठकबाट सुमन पौडेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिती गठन गरिएको हो।
संघको उपाध्यक्षमा गोविन्द पौडेल ,सचिवमा डेन बहादुर थापा, सहसचिवमा बिनिता पौडल र कोषाध्यक्षमा उत्तम सुवेदी चयन भएका छन्। यस्तैगरी सदस्यमा सागर कार्की, विमोचन आर्चाय, दुर्गा थापा र सबिता अधिकारी चयन भएका छन्।
सन २०१८ सेप्टेम्बर महिनामा पहिलो पटक चितवनमा रग्बी खेल प्रवद्र्धन र खेलाडी उत्पादनमा विशेष भूमिका निभएका युवा उत्प्रेरक विनोद पौडेलको संरक्षकत्वमा चितवन रग्बी संघको गठन भएका कोषाध्यक्ष सुवेदीले जानकारी दिए। संघको सल्लाहकारमा भरतपुर वडा नं ७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्ले,भरतपुर महानगर प्रमुख रेनु दाहाल र व्यवसायी मनिस गोस्वमी रहेका छन्।
बैठकमा नेपाल रग्बी संघका केन्दिय अध्यक्ष टंकलाल घिसिङले नेपालमा रग्बी खेलको सम्भावन र चुनौतीको बारेमा मन्तव्य राखेका थिए। यस्तैगरी नवनिर्वाचित अध्यक्ष सुमन पौडेलले जिल्लामा रग्बी खेलको विकास गर्न र थप अवसर सिर्जना गर्न नवगठित समितीले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।


























