असोज १८ । गायक सचिन रौनियारको स्वरमा रहेको नयाँ गीत ‘ट्याङ्का भरी सुन’ सार्वजनिक भएको छ। गीतमा हरिहर तिमल्सिनाको शब्द र राजनराज शिवाकोटीको संगीत छ। गीतमा सचिनलाई गायनमा गायिका रचना रिमालले साथ दिएकी छन्।
भिडियोमा हाँस्यटेलिसिरियल ‘सक्किगोनी’का सागर लम्साल ‘बले’ र प्रियना आचार्य ‘मुन्नी’ फिचर्ड छन्। भिडियोमा ट्याङ्का भरी सुन छ भन्दै धाक लगाउने सचिनबाट सुनको ट्याङ्का नै फुत्काएको कुरालाई देखाइएको छ।
शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन तथा कलर छ।भिडियोलाई एम ८ म्युजिक फ्याक्ट्रीनामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
https://www.youtube.com/watch?v=z5XB-14jsfU
Facebook Comments


























