चितवन, असोज १५ । कोरोनाको माहामारी अलि मत्थर भएजस्तो देखिए पनि पोष्टकोभिड अर्थात कोभिड पश्चात् हुने शारीरिक र मानसिक समस्याहरु लिएरआउने बिरामीको संख्या बढेको छ। फोक्सोमा गम्भीर समस्या आएपछि मात्रै उपचारका लागि आउने गरेको पाईएको भरपुर अस्पतालका डा.भोजराज अधिकारीले जानकारी दिए।
डा.अधिकारीले प्रत्यक्ष रुपमा फोक्सोमा असर गर्ने अथवा दुबै फोक्सोमा निमोनिया बनाउने कोभिड नेगेटिभ आएर अस्पतालबाट उपचार पस्चात डिस्चार्ज भएका वा कोरोना जस्तै लक्ष्यण भएर पनि परीक्षण नगरी घर मै रहेर घरायसी उपचारबाट ठिक भएको महसुस गरेका बिरामीहरुमा यस्तो समस्या बढी देखिने गरेको आफ्नो फेसबुक पेजमा जचेतनाको लागि यस्तो सन्देश पोष्ट गरेका छन्।
एक डेढ महिनासम्म पनि सुक्खा खोकी सन्चो नभएर, श्वासप्रश्वास बढेर अथवा पहिला जस्तो दैनिक क्रियाकलापमा फर्कन खोज्दा छिट्टो थाकेर अस्पताल आउने गरेका छन्। यस्ता बिरामीको परीक्षण, एक्सरे र सिटिस्क्यान गर्दा कतिपयमा फोक्सो ककर्किने वा सुकेर जाने वा मेडिकल्ली फाइब्रोसिस हुने समस्या धेरै पाईएको छ। संसारभरी नै यो समस्या देखिएको अध्ययनहरुमा पनि देखिन्छ।
आइसियु बसेका वा भेन्टिलेटरबाट निस्केर नयाँ जीवन पाएको समूहमा यो झन बढी छ भने कोरोना थाहा नभएर वा हेल्चेक्र्याइ गरेर अक्सिजन लाउन र उपचारमा रहनु पर्ने मानिस अज्ञानताबस अधकल्चो ठिक भएजस्तो लागेपनी समस्या बल्झेर आउँदा पनि यो समस्या देखिन गयो। फोक्सो फाइब्रोसिस भैसकेपछी वास्तवमै यसको उपचार छैन, जीवनभर अक्सिजन लाउन पर्ने वा दमको रोगी बनेर सहयोगी दबाइ मात्र प्रयोग गर्नुपर्ने हुन्छ।
तसर्थ, खोकी, ज्वारो वा श्वासप्रश्वास सम्बन्धी समस्यालाई अझै पनि सामान्य कोरोनापूर्वको युग सम्झेर हेलचेक्र्याइ नगरौ। ‘तेस्रो वेबको त्रास र सधै कुनै न कुनै रुपमा हाम्रो माझ कोभिड हुनसक्ने सम्भाबना रहुन्जेल होसियारीको उपाए र प्रमाणमा आधारित वैज्ञानिक उपचारलाई साथ दिएर स्वास्थ रहने प्रयास गरौं’।
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









