सुनसरी, असोज १५ । जंगली बँदेलको मासुसहित २ जना पक्राउ परेका छन्। सुनसरीको इनरुवा नगरपालिका–४ बसपार्क नजिकबाट ३३ किलो जंगली बदेलको मासुसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका–६ बस्ने बिसे शर्मा र उदय मुखिया मलाह रहेका छन्। स १ प ९१७६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा ल्याउँदै गरेको उक्त मासु फेला पारी मोटरइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो।
बरामद मासुसहित उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
Facebook Comments
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









